२८ जेठ २०८३, बिहीबार

शिक्षकका मागमा सरकार गैरजिम्मेवार बनेको भन्दै पहलकदमी लिने माअ‍ोवादीको निर्णय

बैशाख ११, २०८२
काठमाडौं
शिक्षकका मागमा सरकार गैरजिम्मेवार बनेको भन्दै पहलकदमी लिने माअ‍ोवादीको निर्णय

नेकपा (माओवादी केन्द्र)ले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्ने विषयमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार बिहान बसेको संसदीय दलको बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले शिक्षकका माग सम्बोधन गर्न सरकार गैरजिम्मेवार बनेको भन्दै पहलकदमी लिने निर्णय गरेको जानकारी दिए । 

‘संसद्मा उपसमिति बनाएर विद्यालय शिक्षा विधेयकमा छलफल भइरहेको छ । यही बेला शिक्षकहरू विद्यालय शिक्षा विधेयक छिटो पास गर्नुपर्ने माग राखेर आन्दोलनमा हुनुहुन्छ । यो विधेयक छिटो पास गर्ने स्थिति बनाउने र शिक्षकका समस्या हल गर्नुपर्छ भन्ने हाम्रो निर्णय छ,’ पाण्डेले भने, ‘प्रमुख प्रतिपक्षी दलको तर्फबाट पहल गर्ने अन्य विपक्षी दलसँग पनि छलफल गरेर समस्याको हल गर्नतिर पहल गर्ने निर्णय गरेका छौं । शिक्षकका समस्या हल नगरेर सरकारले गैरजिम्मेवारपना देखाएपछि हामी आफैंले पहलकदमी लिने निर्णय गरेका छौं ।’

संसद्मा अन्तिम अवस्थामा पुगेको निजामती विधेयक, प्रहरी, सशस्त्र प्रहरी, नागरिकतासम्बन्धीसहिता विधेयकलाई छिटो अगाडि बढाउने विषयमा पनि संसद्मा प्रभावकारी रूपले प्रस्तुत हुने निर्णय गरेको छ । भोलिदेखि संसद्को बजेट अधिवेशन शुरू हुँदैछ । 

बैठकले नीति तथा कार्यक्रम प्रिबजेट, बजेटको सन्दर्भ रहेको भन्दै  विगतदेखिकै नै नीति  योजनालाई जनताको पक्षमा लानुपर्ने निर्णय पनि गरेको छ । 
बैठक संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले मधेश जागरणको अभियानका क्रममा जनता फर्किँदा पार्टीमा उत्साह पैदा भएको बताएका थिए । जनताको आवाजलाई सदनमा ठीक ढंगले लान पनि सांसदहरूलाई प्रचण्डले निर्देशन दिएको पाण्डेले दिए । 

माओवादीले सडक, सदन र आफूले जितेको १२३ वटा स्थानीय तहबाट सरकारमाथि दबाब बढाउने तयारी गरेको प्रमुख सचेतक पाण्डेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्