२७ जेठ २०८३, बुधबार

मुस्ताङका कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

बैशाख ११, २०८२
मुस्ताङ
मुस्ताङका कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

जिल्ला कारागार मुस्ताङमा रहेका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन शुरू गरिएको छ । 

पर्यटन तथा उद्योग कार्यालयको आयोजनामा पुरुष कैदीबन्दीहरूको सीप क्षमता विकास, आयआर्जन, व्यवसायिक तथा आत्मनिर्भर बनाउने उद्देश्यले बिहीबारदेखि एक महिनाको सिलाइकटाइ तालिम सञ्चालन गरिएको हो । 

पर्यटन तथा उद्योग कार्यालयको आार्थिक सहयोग तथा कारागार शाखाको व्यवस्थापनमा १० पुरुष कैदीबन्दीलाई तालिम दिइने कारागार शाखा मुस्ताङका निमित्त प्रमुख लालबाबु सहनीले जानकारी दिए । 

कारागारभित्र कूल १२ कैदीबन्दी रहेकामा दुई जना कैदीबन्दी वृद्ध भएका कारण तालिममा सहभागी हुन नसकेको निमित्त प्रमुख सहनीले बताए । 

कैदीबन्दीलाई तालिम दिन एक प्रशिक्षकसहित सिलाइकटाइसम्बन्धी सामग्री कार्यालयले उपलब्ध गराएको पर्यटन तथा उद्योग कार्यालय प्रमुख प्रेम पौडेलले जानकारी दिए । 

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले संयुक्त रूपमा तालिमको उद्‌घाटन गरे । 

salt training

कमेन्ट गर्नुहोस्