०८ असार २०८३, सोमबार

मोदीले गरे एसीसहितको जयनगर–पटना र्‍यापिड रेलको उद्घाटन, नेपाली यात्रुसमेत लाभान्वित हुने

बैशाख १२, २०८२
काठमाडौं
मोदीले गरे एसीसहितको जयनगर–पटना र्‍यापिड रेलको उद्घाटन, नेपाली यात्रुसमेत लाभान्वित हुने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जयनगर-पटनाबीचको नमो भारत र्‍यापिड रेलको उद्घाटन गरेका छन् ।

बिहीबार मधुबनी शहरमा एक र्‍यालीलाई सम्बोधन गर्न पुगेका मोदीले हरियो झण्डा देखाएर नमो भारत र्‍यापिड रेलको उद्घाटन गरेका हुन् । ​

नमो भारत र्‍यापिड परियोजना नेपाल र बिहारको राजधानीसँग सिमानामा रहेको जयनगर बीचको सबैभन्दा छिटो र पहिलो पूर्ण वातानुकूलित रेल हो । 

जयनगरबाट पटनासम्म चल्ने यो रेलमा एकैसाथ २००० भन्दा बढी यात्रुले यात्रा गर्न सक्छन् । 

नमो भारत र्‍यापिड रेल सञ्चालनसँगै उत्तरी बिहारका मानिसहरूको आवागमन सहज हुनेछ। यसबाट नेपाली यात्रुसमेत लाभान्वित हुनेछन् । यो रेल प्रतिघण्टा ११० किलोमिटरको गतिमा चल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्