०७ साउन २०८३, बिहीबार

शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगित​

बैशाख १२, २०८२
काठमाडौं
शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगित​

राष्ट्रियसभाको आजको बैठक शोक प्रस्ताव पारित गरी स्थगन गरिएको छ ।

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधन सम्बन्धमा अध्यक्ष दाहालले प्रस्तुत गरेको शोक प्रस्ताव सभाले सर्वसम्मतीले पारित गरेसँगै सभा स्थगन गरिएको हो ।

यसअघि स्व. बोहोराप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता स्व बोहोरा संविधानसभा सदस्य पनि थिए । उनी रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको संसद्‌मा निर्वाचित भएका थिए ।

अध्यक्ष दाहालले भने, 'विक्रम संवत् २००७ चैत १८ गते जन्मिनुभएका प्रतिनिधिसभा सांसद बोहोराको ७४ वर्षको उमेरमा गत चैत १९ गते निधन भएकामा राष्ट्रियसभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ ।'

सभाको अर्को बैठक वैशाख १४ गते आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने छ ।

सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको १८औं अधिवेशनको पहिलो बैठकमा सदस्यलाई स्वागत गर्दै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्