१० साउन २०८३, आइतबार

माछापुच्छ्रे बैंक र सीबीएल मनी ट्रान्सफरबीच सम्झौता

बैशाख १५, २०८२
काठमाडौं
माछापुच्छ्रे बैंक र सीबीएल मनी ट्रान्सफरबीच सम्झौता

विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले मलेसियास्थित सीबीएल मनी ट्रान्सफरसँग औपचारिक सम्झौता गरेको छ ।​

माछापुच्छ्रे बैंकले मलेसियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ मलेसियास्थित सीबीएल मनी ट्रान्सफरसँग सहकार्य गरी वैशाख १५ गते सोमबारदेखि नै विधिवत्‌रूपमा रेमिटेन्स सेवा शुरूआत गरेको हो ।

रेमिट्यान्ससम्बन्धी उक्त सम्झौतापत्रमा सीबीएल मनी ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पछि अब मलेसियामा रहेका नेपालीहरूले मलेसियास्थित सीबीएल मनी ट्रान्सफरका १५ वटा शाखा र सीबीएल मनी ट्रान्सफरको सिटी रेमिट एपबाट MBL REMIT गरी नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखा, ९९ शाखारहित बैकिङ सेवा र ११ एक्स्टेन्सन काउण्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ ।

साथै सीबीएली मनी ट्रान्सफर र सिटी रेमिट एपबाट MBL REMIT  गरी पठाइएको रेमिटेन्स नेपालका जुनसुकै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था बैंकले मिलाएको छ ।

मलेसियामा रहेका नेपाली कामदारहरूको सुविधाको लागि माछापुच्छ्रे बैंकले मलेसियाकै मोबाइल नम्बरमा माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप (MBL M-Smart) को सेवा पनि उपलब्ध गराएको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६५ वटा शाखा, ९९ शाखारहित बैकिङ सेवा र ११ एक्स्टेन्सन काउण्टरसमेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएममार्फत १७ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्