२५ जेठ २०८३, सोमबार

अदालतको अवहेलना मुद्दामा गगन थापासँग लिखित जवाफ माग

बैशाख १६, २०८२
काठमाडौं
अदालतको अवहेलना मुद्दामा गगन थापासँग लिखित जवाफ माग

सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग लिखित जवाफ माग गर्ने आदेश गरेको छ ।

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मंगलबार लिखित जवाफ माग गर्ने आदेश गरेको हो । 

अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

null

वैशाख ११ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले संवैधानिक निकायका ५२ जना पदाधिकारीको मुद्दामा मोलतोल गरिएको आरोप लगाएका थिए । थापाको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै उनीहरू रिट दर्ता गराएका थिए । 

थापाले अदालतले डिल गरेको, झुलाएर राखेको, हेर्दाहेर्दैमा राखेको, नभ्याइनेमा राखेको जस्ता विषयले अदालतको विश्वसनीयतामा प्रश्न उठाएको टिप्पणी गरेका थिए ।

’आइतबार हेरुम, पख्लास् शुक्रबारसम्म भनेर अल्झाइरहेको छ । अदालतले डिल गर्‍यो अब त्यसको विश्वसनीयता के रहन्छ ?,’ थापाले भनेका थिए, ‘दुई/तीन वर्षदेखि तलाईं हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले हेर्न नभ्याइने भन्छ । कहिले भोलि हेर्ने भन्छ,  त्यसले अदालतको विश्वसनियतामा प्रश्न गराउँछ ।’​

यो पनि पढ्नुहोस् 

 

salt training

कमेन्ट गर्नुहोस्