११ साउन २०८३, सोमबार

पोखरा स्पोर्ट्स अवार्ड : ४ विधामा मनोनयन सार्वजनिक

बैशाख १७, २०८२
कास्की
पोखरा स्पोर्ट्स अवार्ड : ४ विधामा मनोनयन सार्वजनिक

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बर्सेनि आयोजना गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको नवौं सँस्करण यही वैशाख २६ गते पोखरामा हुँदैछ । मञ्चले आज अवार्डअन्तर्गत चार विधामा मनोनयन सार्वजनिक गरेको छ ।

वर्ष उत्कृष्ट खेलाडी महिलामा भलिबलका अरुणा शाही (म्याग्दी), फेन्सिङका कृपा गुरुङ (स्याङ्जा) र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा (बाग्लुङ) मनोनयनमा परेका छन् ।

यसैगरी वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ भलिबलका विश्वास अधिकारी (नवलपुर), टेनिसका प्रदीप खड्का (कास्की) र फूटबलका सुमित श्रेष्ठ (कास्की) मनोनयनमा परेका छन् ।

उदीयमान खेलाडीतर्फ एथलेटिक्सका बादल कार्की (बाग्लुङ), भलिबलका जीतबहादुर सार्की (स्याङ्जा) र क्रिकेटमा रचना चौधरी (कास्की) तथा वर्ष उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका निरज थापा (कास्की), रमेश केसी (स्याङ्जा) र फूटबलका राजेन्द्र तामाङ (कास्की) मनोनयनमा परेका छन् ।

अवार्ड कार्यक्रममार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अभिप्रेरित गर्ने उद्देश्यले बर्सेनि अवार्ड प्रदान गर्दै आइएको मञ्चका अध्यक्ष मानबहादुर घर्तीले बताए ।

अवार्डको तयारीका लागि अध्यक्ष घर्ती संयोजक र राजाराम पौडेल सहसंयोजक रहेको मुल आयोजक समिति तथा विभिन्न १२ वटा उपसमितिका संयोजक समेत चयन गरेको छ । 

आर्थिक सङ्कलन उपसमिति संयोजकमा विमल तिवारी, प्रचारप्रसार उपसमिति संयोजकमा राजु गिरी, अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजक दीननाथ बराल, सङ्घसंस्था समन्वय उपसमिति संयोजकमा कृष्ण दवाडी र स्वयंसेवक परिचालन उपसमिति संयोजक प्रवीण मगर रहेका छन् ।

यसैगरी सांस्कृतिक कार्यक्रम उपसमिति संयोजक राजाराम पौडेल, स्वागत सत्कार उपसमिति संयोजक एकराज गिरी, फोटो तथा भिडियोग्राफी उपसमिति वसन्त सेर्पा, क्विक रेस्पोन्स उपसमिति संयोजकमा शशीकुमार पौडेल रहेका छन् ।

मञ्च व्यवस्थापन उपसमिति संयोजकमा सन्देश श्रेष्ठ, चिठी पत्र तथा निमन्त्रणा उपसमिति संयोजकमा कविता घर्ती मगर, मूल्याङ्कन तथा अनुगमन उपसमिति संयोजकमा रामकृष्ण ज्ञवाली रहेका मञ्चका महासचिव पर्शुराम आचार्य शर्माले जानकारी दिए ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई ऊर्जा थप्न मञ्च गण्डकीले विक्रम संवत् २०७२ देखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्