
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई अनधिकृत पत्रका आधारमा पक्राउ गरेको भन्दै रिहाका लागि अर्को पत्र लेखिएको छ ।
सर्वोच्च अदालतले डिल्लीबजार कारागार कार्यालयलाई रेशमलाई रिहा गर्ने सम्बन्धी पत्र लेखेको हो । पत्र लिएर सर्वोच्च अदालतका कर्मचारी कारागार कार्यालय जाँदैछन् ।
बुधबार अदालतको मुद्दा तथा रिट महाशाखाबाट रेशमलाई कैदमा राख्न भनेर पठाइएको पत्र अदालतको आधिकारिक नभएको सर्वोच्चले भनेको छ ।
‘उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गाविस वडा नं. ८, हाल जानकी गाँउपालिका वडा नं.६ घर भएका लालविर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।
