२४ जेठ २०८३, आइतबार

जीप दुर्घटनामा दमक नगरपालिकाका अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

बैशाख १८, २०८२
विराटनगर
जीप दुर्घटनामा दमक नगरपालिकाका अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

चितवनबाट झापातर्फ आउँदै गरेको मे १ च ३०४० नम्बरको स्कोर्पियो जीप अनियन्त्रित भई दुर्घटना हुँदा झापा दमक–३ का ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको छ । 

उनको उदयपुरको कटारी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो  । बस्नेत दमक नगरपालिकाका कानून अधिकृत हुन् । 

इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईंका अनुसार झापा दमक–१० का ४९ वर्षीय राजेन्द्र प्रसाद भण्डारी गम्भीर घाइते छन् । उनी दमक नगरपालिका-१० का वडा वडाध्यक्ष हुन् ।  

उनको कटारी अस्पतालमै उपचार भइरहेको छ। 

अन्य घाइतेहरूमा दमक–१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक–६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक–२ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह–१ का ५४ वर्षीय भुवन दाहाल रहेका छन् । घाइतेहरूलाई थप उपचारका लागि विराटनगरको न्यूरो अस्पताल पठाइएको  प्रहरीले जनाएको छ । 

चालक दमक–९ का ३८ वर्षीय देवेन्द्र तामाङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्