२१ असार २०८३, आइतबार

पाकिस्तानमा एफएम रेडियोमा भारतीय गीत प्रसारणमा प्रतिबन्ध

बैशाख १९, २०८२
काठमाडौं
पाकिस्तानमा एफएम रेडियोमा भारतीय गीत प्रसारणमा प्रतिबन्ध

जम्मू-कश्मीरको पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाब जारी छ ।

जारी तनावबीच पाकिस्तान प्रसारणकर्ता संघ (पीबीए)ले पाकिस्तानी एफएम रेडियोमा भारतीय गीतहरूको प्रसारण रोकेको छ ।

पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले सम्पूर्ण देशको सामूहिक भावनालाई प्रतिबिम्बित गर्ने बताएको छ ।

पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले भने, 'म पीबीएको यो निर्णयको गहिरो कदर गर्छु। यसले देखाउँछ कि हामी देशको एकताको लागि एकसाथ उभिन्छौं र यस्तो समयमा देशको आधारभूत भावनालाई समर्थन गर्छौं ।'

salt training

कमेन्ट गर्नुहोस्