
सरकारले 'जेन जी' पुस्तालाई विशेष प्राथमिकता राख्दै युवा केन्द्रित स्टार्टअप कार्यक्रम शुरू गर्ने घोषणा गरेको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले 'जेन जी' पुस्तालाई विशेष प्राथमिकता राखेर युवा केन्द्रित स्टार्टअप कार्यक्रम शुरू गर्ने बताएका हुन् ।
नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।
सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ ।
यही वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ ।