सरकारले बैङ्क तथा वित्तीय संस्थाको गैरबैङ्किङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि ‘सम्पत्ति व्यवस्थापन कम्पनी’ स्थापना गर्ने घोषणा गरेको छ ।
शुक्रबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेका हुन् ।
‘बैङ्क तथा वित्तीय संस्थाको गैरबैङ्किङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि ‘सम्पत्ति व्यवस्थापन कम्पनी’ स्थापना गरिने छ,' उनले भने ।
यसका साथै राष्ट्रपति पौडेलले धितो पत्र बोर्ड शुद्ध करण तथा स्टक एक्सचेन्ज पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवं पारदर्शिता वृद्धि गरिने बताए ।
यस्तै, सरकारले डिजिटल बैङ्क स्थापना गर्ने भएको छ । नीतिगत तथा कानूनी व्यवस्था गरी डिजिटल बैङ्क स्थापना गरिने उनले जानकारी दिए ।