२४ असार २०८३, बुधबार
सरकारको नीति तथा कार्यक्रम

राष्ट्रपतिको नाम जोडिएका कार्यक्रम परिमार्जन गर्ने सरकारको घोषणा

बैशाख १९, २०८२
काठमाडौं
राष्ट्रपतिको नाम जोडिएका कार्यक्रम परिमार्जन गर्ने सरकारको घोषणा

सरकारले राष्ट्रपतिको नाम जोडिएका कार्यक्रमको नाम परिमार्जन गर्ने भएको छ ।

राष्ट्रपतिको नाम जोडिएका शैक्षिक सुधार कार्यक्रम, राष्ट्रपति चुरे संरक्षणजस्ता कार्यक्रमको नाम परिमार्जन गरिन लागेको हो । 

शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ती कार्यक्रमको नाम परिमार्जन गरिने बताएका हुन् । 

‘राष्ट्रपति शैक्षिक सुधार परिमार्जन राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको रूपमा गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ । 

सरकारले संसद्को यसै अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्