सरकारले काठमाडौंमा अत्याधुनिक राष्ट्रिय न्यूरो साइन्स केन्द्र स्थापना गर्ने भएको छ ।
शुक्रबार आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
न्यूरोसम्बन्धी रोगको अनुसन्धान गर्न सरकारले यस्तो केन्द्र स्थापना गर्न लागेको हो ।