![राष्ट्रपतिले एक घण्टा लगाएर वाचन गरेको नीति–कार्यक्रममा के-के समेटिए ? [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/Policy_program_2082_gO92Seuz9a.jpg)
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई 'सेन्टर अफ एक्सिलेन्स' बनाउने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा वाचन गरेको सरकारको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिने उल्लेख छ ।
'प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई 'सेन्टर अफ एक्सिलेन्स'का रूपमा विकसित गरिनेछ,' राष्ट्रपति पौडेलले भने, 'सार्वजनिक सेवा प्रवाहलाई थप नतिजाउन्मुख बनाइनेछ ।'
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट अन्य निकायले गरेको अनुगमनको पनि अनुगमन गरिने बताए ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको शासकीय सुधार आयोगले गरेको सिफारिस बमोजिम सरकारी सेवा सुधार गरिने पनि राष्ट्रपति पौडेलले आफ्नो सम्बोधनका क्रममा बताए ।
यस्तो छ पूर्णपाठ