३० असार २०८३, मंगलबार

नेपाली परिकारलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गरिने

बैशाख २०, २०८२
काठमाडौं
नेपाली परिकारलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गरिने

सांस्कृतिक कूटनीति सुदृढ बनाउन सेफ्स एशोसिएशन अफ नेपालले नेपाली परिकारलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने भएको छ ।

एशोसिएशनले आफ्नो ३० औँ स्थापना दिवसको अवसर पारेर शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी वैशाख २५ गते नेपाली खानालाई विश्वमाझ प्रवर्द्धन गर्ने जानकारी दिएको हो ।

एशोसिएशनका अध्यक्ष रेशमकुमार तामाङले नेपाली खानाको विकास, पहिचान र अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गरेर संस्थाको ३० औँ वार्षिकोत्सव मनाइने बताए । यसबाट देशको पर्यटन तथा अर्थतन्त्रमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।

एशोसिएशनले नेपाली खाना र पाककलाका माध्यमबाट सांस्कृतिक कूटनीति सुदृढ बनाउने प्रयास गर्दै आएको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्