
भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।
भक्तपुर नगरपालिका- ९ च्यामासिंह डेरा गरी बस्ने चाँगुनारायण नगरपालिका- ५ छालिङका ४८ वर्षीय भरत गिरीको कोठामा जुवातास खेलिरहेको अवस्थामा भरतससहित १० जना पक्राउ परेका हुन् ।
उनीहरूलाई शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूको साथबाट १ लाख ५३ हजार ८ सय ५० रुपैयाँ र ३ बुक तास पनि बरामद गरेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।