३१ असार २०८३, बुधबार

आरजुलाई नारदमुनिको चुनौती, घर किनेर मात्र स्थानीय भइन्न, एक महिना बसेर देखाउनुस् [भिडियोसहित]

नारदमुनिलाई १० हजार मतअन्तरले जित्छु : आरजु
मंसिर १५, २०७४
आरजुलाई नारदमुनिको चुनौती, घर किनेर मात्र स्थानीय भइन्न, एक महिना बसेर देखाउनुस् [भिडियोसहित]

कैलाली,१५ मंसिर– कैलाली क्षेत्र नम्बर पाँचमा वाम गठवन्धनका उम्मेदवार नारदमुनि रानाले प्रधानमन्त्री पत्नी आरजु देउवा राणालाई पराजित गर्ने दाबी गरेका छन् । 

विपक्षीलाई १० हजार मतअन्तरले हराउने दाबी आरजुले गरेकै दिन वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले आरजुलाई १० हजारभन्दा बढी मत अन्तरले पराजित गर्ने दाबी गरेका हुन् । 
लोकान्तरसँगको कुराकानीमा रानाले लामो समयदेखि स्थानीयको काम गर्दै आएको कारण आफूले जित्ने दाबी गरे । 

‘यो क्षेत्रका जनताले आरजुलाई चिन्दै चिन्दैनन् । उहाँ टुरिष्ट उम्मेदवार हो’ रानाले भने,‘जितेर गइसकेपछि उहाँ फर्कनुहुन्न भन्ने जनताले थाहा पाएका छन्, त्यसकारण मैले सहजरुपमा उहाँलाई जित्छु  ।’

जताले पर्यटक उम्मेदवार भन्दा स्थानीयको दुख सुखमा साथमा रहने उम्मेदवारलाई रोज्ने दाबी गर्दै रानाले पर्यटकको रुपमा आएकी उम्मेदवार आरजुलाई पर्यटकको रुपमै काठमाडौं फर्कन आग्रह गरे । रानाले पर्यटक केही दिन घुमेपछि पर्यटकको रुपमै फर्कन गरेको भन्दै आरजुलाई फर्कन आग्रह गरे । 

धनगढीमै घर किनेपछि कसरी पर्यटक उम्मेदवार भन्ने प्रश्नमा वाम गठवन्धनका उम्मेदवार रानाले घर किनेपनि एक महिना बसेर देखाउन चुनौती दिए ।  ‘घर किनेर मात्र स्थानीय भइहाल्ने कुरा कस्मेटिक कुरा हो ।’ रानाले भने,‘ यहाको हावापानी वातावरणसँग उहाँ परिचित हुनुहुन्न्, उहाँ १५ दिन पनि यहाँ बस्न सक्नुहुन्न् ।’

चुनाव प्रचारका क्रममा बस्न नसकेर १५ दिनमा तीन चार पटक काठमाडौं पुगेको रानाको आरोप छ । पहुँचवालालाई जिताउनुपर्छ भन्ने मतदाताको भनाइ रहेछ नि भन्ने प्रश्नमा रानाले शेरबहादुर देउवाले यसै क्षेत्रबाट यसअघि जितेको भएपनि केही नगरेको भन्दै शेरबहादुरको भन्दा त उनकी पत्नीको धेरै पहुँच पक्कै छैन होला भन्दै प्रश्न गरे । 

आरजुले आफ्नो पहुँच रानी महारानीसँग रहेको भन्दै भाषण गरेको भन्दै रानाले आफ्नो पहुँच स्थानीयसँग भएका कारण आफूले चुनाव जित्ने दाबी गरे । 

‘आरजुले आफ्नो पहुँच रानी महारानी सँग छ भन्नु भएको छ, हो उहाँको यही पहुँचका कारण मैले जित्छु ।’ रानाले भने,‘ मेरो पहु्ँच यहाँको स्थानीयसँग छ मतदातासँग छ उहाँको पहुच रानी महारानीसँग छ जनतासँग छैन ।’ 

रानाले  शान्ति सम्बृद्धि, विकास राष्ट्रिय स्वाधिनता मुख्य एजेन्डा भएको भन्दै यो क्षेत्रलाई विजनेश हव बनाउने गरि अघि बढ्ने छ बताए । गौरिफन्टा नाकाको स्तर उन्नती गरेर प्रदेश नम्बर ७ को मुख्य नाका बनाउने लगायतका काम आफू विजयी गर्ने उनले दाबी गरे । 
 

आरजुको अाफ्नै दाबी

कैलाली ५ मा नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षमा उठेकी आरजुले आफ्ना प्रतिद्धन्द्धी वाम गठबन्धका नारदमुनि राणा थारुलाई १० हजार मतान्तरले पराजित गर्ने दाबी गरेकी छिन् ।  

‘१० हजारले जित्छु भन्दा त अलि हावा कुरा गरेको जस्तोे लाग्ला । तर म प्रतिद्धन्द्धीलाई ३ हजार मतान्तरले हराउँदैछु’ उनको भनाइ छ ।

आरजुले आफूले कैलालीमा धेरै वर्ष अघिदेखि सामाजीक काम गर्दै आएकोले यहाँका जनतालले आफूप्रति माया दर्शाएको दाबी गरिन् ।

वाम गठबन्धनले दुइ तिहाइ ल्याउने कुरा गफ मात्र भएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्