२८ जेठ २०८३, बिहीबार

पोपको रूपमा आफ्नो एआई फोटो सेयर गरेपछि ट्रम्पको आलोचना

बैशाख २१, २०८२
काठमाडौं
पोपको रूपमा आफ्नो एआई फोटो सेयर गरेपछि ट्रम्पको आलोचना

अमेरिकी राष्ट्रपति कार्यालयको इन्स्टाग्राम खाताबाट पोपको रूपमा डोनाल्ड ट्रम्पको एआई तस्विर साझा गरिएपछि क्याथोलिक समूहहरूले कडा आपत्ति जनाएका छन् ।

यो तस्बिर त्यस्तो समयमा सेयर गरिएको हो जब क्याथोलिकहरूले अप्रिल २१ मा पोप फ्रान्सिसको मृत्युमा शोक मनाइरहेका छन् ।

ट्रम्पले पोस्ट गरेको तस्विरमा उनले पोपजस्तै सेतो पोशाक र टोपी लगाएका छन्, उनको घाँटीमा ठूलो क्रस छ र गम्भीर तरिकाले एउटा औंला उठाएर उभिरहेका छन् ।

न्यूयोर्क राज्य क्याथोलिक सम्मेलनले ट्रम्पलाई उनीहरूको विश्वासको मजाक उडाएको आरोप लगाएको छ।

केही दिन अघि मात्र ट्रम्पले पत्रकारहरूसँग ठट्टा गर्दै भनेका थिए, 'म पोप बन्न चाहन्छु।'

ट्रम्प यस्ता आरोपहरूको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति होइनन् ।

एक वर्षअघि अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनले गर्भपतनको पक्षमा भएको र्‍यालीमा 'क्रसको चिन्ह' बनाएर क्याथोलिक समुदायलाई आक्रोशित बनाएका थिए।

salt training

कमेन्ट गर्नुहोस्