
चट्याङ लागेर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ ।
शुक्लाफाँटा नगरपालिका–१२ स्थित तिल्कीमा घर नजिकै रहेको तरकारी बारीबाट फर्कने क्रममा चट्याङ लागेर आज बिहान स्थानीय २४ वर्षीया लालमती रानाको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडकबहादुर खत्रीका अनुसार चट्याङ लागेर उनका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते भएका छन् ।
रानाको धनगढीस्थित निः सर्ग अस्पतालमा उपचार भइरहेको छ ।