
मोरङमा ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा केराबारी गाउँपालिका- ९ भलुवा चोक बस्ने ४४ वर्षीय मोहनकुमार मगर छन् । उनलाई सोमबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मगरले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।