०३ असार २०८३, बुधबार

नेपाली बालकले बनाए सबैभन्दा कम उमेरमा मादल बजाउने कीर्तिमान

बैशाख २८, २०८२
काठमाडौं
नेपाली बालकले बनाए सबैभन्दा कम उमेरमा मादल बजाउने कीर्तिमान

नेपालका अक्षतराज पौडेलले सबैभन्दा कम उमेरमा मादल बजाउने कीर्तिमान कायम गरेका छन् । एशिया बुक अफ रेकर्डस्‌का अनुसार मोरङ स्थायी घर भएका पौडेलले तीन वर्षको उमेरमा ३ मिनेट ६ सेकेण्डसम्म मादल बजाएर कीर्तिमान बनाएका हुन् । 

पौडेलले नेपाली सदाबहार ‘लेकाली हो चोया को डोको’ बोलको गीतमा हार्मोनियमसँग लय मिलाउँदै मादल बजाएर कीर्तिमान बनाएका हुन् । 

यसैलाई आधारमा मानी एशिया बुक अफ रेकर्डस्‌ले उनको नाममा कीर्तिमान कायम भएको प्रमाणित गरेको हो । 

बालक पौडेलसँग प्राय: सबै गीतको लयमा समेत मादल बजाउन सक्ने क्षमता रहेको छ । 

पौडेलको जन्म सन् २०२२ मार्च २५ मा भएको थियो । अक्षतका बुबा अनिल तथा आमा इन्दिराले छोराको कीर्तिमानबाट आफूहरू मात्र नै मुलुक नै गौरवान्वित भएको बताए ।

पौडेल परिवार हाल काठमाडौंको कागेश्वरी मनहरामा बस्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्