०८ असार २०८३, सोमबार

उँभौली पर्वको अवसरमा गाउँपालिकाले दियो २ दिन बिदा

बैशाख २८, २०८२
काठमाडौं
उँभौली पर्वको अवसरमा गाउँपालिकाले दियो २ दिन बिदा

रामेछापको उमाकुण्ड गाउँपालिकाले यही वैशाख ३० र ३१ गते बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै उँभौली पर्व (स्याँदर पिदार)को अवसरमा २ दिन गाउँ कार्यपालिकाको निर्णयअनुसार स्थानीय पर्व बिदा दिइएको जानकारी दिएको हो ।

'प्रस्तुत विषयमा उमाकुण्ड गाउँपालिकामा किराँतलगायत अन्य समुदायले मनाउने उँभौली पर्व (स्याँदर पिदार)को अवसरमा मिति २०८२/०१/३० र ३१ गते थप २ दिनका लागि उमाकुण्ड गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार स्थानीय पर्व बिदा दिइएको व्यहोरा सम्बन्धित सबैलाई यसै सूचनामार्फत जानकारी गराइन्छ,' जारी सूचनामा भनिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्