०६ साउन २०८३, बुधबार

२०७८ मंसिर १५ पछि पहिलोपटक राप्रपा कार्यालय पुगे कमल थापा

बैशाख २८, २०८२
काठमाडौं
२०७८ मंसिर १५ पछि पहिलोपटक राप्रपा कार्यालय पुगे कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापा तीन वर्षभन्दा बढीको अन्तरालपछि आइतबार राप्रपा पार्टी कार्यालय, धुम्बाराही पुगेका छन्।

२०७८ सालको मंसिरमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी रहेका थापाले राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पार्टी परित्याग गरी राप्रपा नेपाल गठन गरेका थिए। महाधिवेशनअघि अध्यक्षका हैसियतले थापा मंसिर १५ गते अबेर रातिसम्म कार्यालयमै तयारीमा सक्रिय थिए। तर पराजयपछि उनी पार्टी कार्यालय नफर्किएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।

श्रेष्ठका अनुसार थापा महाधिवेशनपछि पार्टीको आन्तरिक मतभेद र अन्य कारणले कार्यालय नआएको भए पनि अब राजसंस्थाको पुनःस्थापनाका लागि घोषित संयुक्त जनआन्दोलनको सन्दर्भमा आन्दोलन तयारी बैठकमा सहभागी हुन ३ वर्ष ६ महिनापछि पार्टी कार्यालय पुगेका हुन्।

सो अवसरमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई  स्वागत गरेका थिए। धुम्बाराहीस्थित पार्टी कार्यालयको निर्माण समेत थापाकै नेतृत्वमा भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्