
सुर्खेतमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका- ३ पंचकोशी संगमटोल बस्ने ६० वर्षीय गगन कामी छन् । उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गगनले ती बालिकालाई गत चैत १३ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।