२२ जेठ २०८३, शुक्रबार

खुस्किने भयो राप्रपा (प्रजातान्त्रिक)लामाको मन्त्री पद

मंसिर १६, २०७४
खुस्किने भयो राप्रपा (प्रजातान्त्रिक)लामाको मन्त्री पद


काठमाडौँ, १६ मंसिर - राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई पदमुक्त गर्न सिफारिश गरेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले पठाएको पत्रमा राज्यमन्त्री लामाले पार्टी हितविपरीत तथा लोकतान्त्रिक गठबन्धनलाई आघात पु¥याउने कार्य गरेको जनाउँदै पदमुक्त गर्न सिफारिश गरिएको उल्लेख छ । 

उद्योग राज्यमन्त्री लामालाई पार्टीको महामन्त्री पदबाट समेत निष्काशन गरेको उक्त पत्रमा उल्लेख गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्