२८ जेठ २०८३, बिहीबार
महालेखापरीक्षकको ६२ औं प्रतिवेदन

आर्थिक वर्ष २०८०/०८१ मा २ खर्ब ५६ अर्ब ४१ करोड रकमान्तर

बैशाख ३१, २०८२
काठमाडौं
आर्थिक वर्ष २०८०/०८१ मा २ खर्ब ५६ अर्ब ४१ करोड रकमान्तर

आर्थिक वर्ष २०८०/०८१ मा २ खर्ब ५६ अर्ब ४१ करोड रूपैयाँ रकमान्तर गरिएको पाइएको छ । 

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदन अनुसार उक्त वर्ष कूल बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रहेकोमा २ खर्ब ५६ अर्ब ४१ करोड ३ लाख (१४.६४ प्रतिशत) रकमान्तर भएको उल्लेख छ । 

जसमध्ये २०८१ को असार महिनामा २६ अर्ब ९० करोड ३४ लाख र असार अन्तिम हप्तामा १५ अर्ब ९८ करोड ३० लाख रकमान्तर गरी विभिन्न शीर्षक उपशीर्षकमा रकम थपघट गरेको प्रतिवेदनमा उल्लेख छ ।
 
‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था रहेकोमा उक्त वर्ष पहिलो त्रैमासिक अवधिमा ११ अर्ब ६४ करोड ७ लाख रूपैयाँ (कूल रकमान्तरको ४.५४ प्रतिशत) रकमान्तर भएको छ,’ प्रतिवेदनमा भनिएको छ । 

शुरू बजेटमा व्यवस्था नभएका २३ कार्यक्रममा रकमान्तरबाट थप गरी ११ अर्ब ७५ करोड ९८ लाख रूपैयाँ  बजेट कायम गरिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, यस वर्षको बजेट वक्तव्यमा राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेट अन्य राष्ट्रिय गौरवका आयोजना बाहेक अन्यत्र रकमान्तर गर्न नपाइने उल्लेख भएकोमा ८ राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेटबाट ५ अर्ब २८ करोड ५० लाख रूपैयाँ राष्ट्रिय गौरव बाहेकका अन्य आयोजनामा रकमान्तर गरेको उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्