
धरान - कांग्रेस नेता तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध सुनसरी ३ मा एमालेकी भगवती चौधरी दोस्रो पटक चुनावमा भिड्दै छिन् ।
अन्नपूर्ण पोस्ट लेख्छ- गच्छदारले चौधरीलाई दोस्रो संविधानसभा निर्वाचनमा तीन सय ६५ मतको अन्तरले पराजित गरेका थिए ।
पटक पटक मन्त्री बनेका गच्छदार र लघुवित्त वित्तीय संस्था सञ्चालन गर्दै आएकी चौधरीबीचको प्रतिस्पर्धा यसपटक पनि रोचक बन्दै गएको छ ।