२७ असार २०८३, शनिबार

डेब्यू सिजनमै रियलका लागि एम्बाप्पेको ४० गोल

जेठ १, २०८२
काठमाडौं
डेब्यू सिजनमै रियलका लागि एम्बाप्पेको ४० गोल

रियल म्याड्रिडका लागि २०२४/२५ सिजनको ४०औं गोल गरेर किलियन एम्बाप्पेले महत्वपूर्ण कोशेढुङ्गा पार गरेका छन् । जसले उनलाई डेब्यू अभियानमा त्यो संख्या पूरा गर्ने उत्कृष्ट खेलाडीहरूमध्ये एक बनाएको छ । 

फ्रान्सेली फरवार्डले बुधबार मालोर्कामाथि रियल म्याड्रिडको रोमाञ्चक २-१ को जितमा बराबरी गोल गरेका हुन् । जसले उनको गोल संख्या केवल ५४ खेलमा ४० पुगेको छ । 

यो उपलब्धिले एम्बाप्पेलाई ब्राजिलका महान खेलाडी रोनाल्डो नाजारियोको साथमा राखेको छ, जसले १९९६/९७ मा आफ्नो पहिलो सिजनमा अविश्वसनीय ४७ गोल गरेका थिए । ​

६६औं मिनेटमा एमबाप्पेको गोल जादुमय क्षण थियो जब उनले सहजै तीन डिफेन्डरहरूलाई ड्रिबल गर्दै बललाई जालमा पुर्‍याएका थिए ।

यससँगै ​रियलले लिग लिडर बार्सिलोनासँगको अंक दूरी घटाएको छ ।​ मालोर्कालाई पराजित गरी ३ अंक बटुलेसँगै रियल मड्रिडले बार्सिलोनासँगको अंक दूरी घटाएको हो । जारी सिजनमा लिगमा हालसम्म ३६ खेल खेलेको रियलको ७८ अंक छ । शीर्ष स्थानको बार्सिलोनाको ३५ खेलबाट ८२ अंक छ ।

तेस्रो स्थानको एट्लेटिको मड्रिडको ३५ खेलबाट ७० अंक छ भने चौथो स्थानको एथ्लेटिक बिलबाओको ६४ तथा पाँचौँ स्थानको भिल्लारियलको पनि ६४ नै अंक छ ।

कमेन्ट गर्नुहोस्