३० जेठ २०८३, शनिबार

कीर्ते कागज बनाउने कारखानामा प्रहरीको छापा, ३ जना पक्राउ

जेठ १, २०८२
काठमाडौं
कीर्ते कागज बनाउने कारखानामा प्रहरीको छापा, ३ जना पक्राउ

नक्कली कागजात बनाउने कारखानामा प्रहरीले छापा मारेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ७ फुटुङ्मा छापा मारेर उक्त कार्यमा संलग्न तीन जनालाई पक्राउ परेको छ ।

पक्राउ पर्नेमा गोरखाको भीमसेनथापा गाउँपालिका वडा नम्बर नम्बर १ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ बस्ने ४६ वर्षीय अन्जन बयलकोटी, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ बस्ने २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ छ्याङ्दुङ् घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर १ दहचोक बस्ने २३ वर्षीया अञ्जु खत्री रहेकी छन् ।

null

अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार यो गिरोहले फुटुङमा भाडामा लिएको घरमा नक्कली कागजात, रबर स्ट्याम्पलगायतका सामग्री तयार गर्दै आएका थिए ।

पक्राउ मध्येका अन्जन बयलकोटीले विगत ८ वर्षदेखि सरकारी तथा गैर सरकारी कार्यालयका कगजात, विभिन्न स्थानीय तहको सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्रहरू, जग्गाधनी पुर्जा, सवारी चालक अनुमति पत्र, लगायतका कागजातहरू कीर्ते गरी नक्कली बनाई बिक्री वितरण गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

null

भाडामा लिएको घरमा धमाधम कीर्ते कागजात बनाउन दुई जनालाई मासिक १० हजार तलबसमेत दिएर राखेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट बैंकिङ क्षेत्रका कागजातहरूसमेत बरामद गरेको छ ।

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्