२८ जेठ २०८३, बिहीबार

विश्व पौडेलविरुद्ध सर्वोच्चमा पेश भएको रिट दरपिठ

जेठ २, २०८२
काठमाडौं
विश्व पौडेलविरुद्ध सर्वोच्चमा पेश भएको रिट दरपिठ

सर्वोच्च अदालतले अर्थविद विश्व पौडेललाई गभर्नर बनाउन नहुने माग गर्दै पेश भएको रिट दर्ता गर्न अस्वीकार गरेको छ । 

अधिवक्ता विशाल थापासहितले दायर गरेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको हो । 

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार रजिस्ट्रार भद्रकाली पोखरेलले उक्त रिट निवेदन दरपीठ गरेका हुन् ।

सिफारिश समितिले सिफारिश नै नगरेको हुनाले रिट दरपीठ गरिएको पाण्डेले बताए ।

नेपाल राष्ट्र बैंक ऐनको प्रावधानविपरीत राजनीतिक दलको सदस्यलाई नियुक्त गर्न लागेको भन्दै रिट निवेदन पेश भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्