
शुक्रवार राती कास्कीको पोखरा महानगरपालिका -१० पृथ्वीचोक स्थित चाइनापुलबाट सेती नदीमा हामफालेका एक युवकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।
नाम वतन नखुलेको अन्दाजी २०/२१ वर्षका युवक नदीमा हाम फालेको भन्ने खवर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापन टोलीले राती ९:३५ बजे करिब ४५ मिनेटको प्रयासमा रोप रेस्क्यू प्रयोग गरी उद्धार गर्न सफल भएको हो ।
अन्दाजी १०० मिटर तल सेती नदीको खोँचबाट अर्धचेत अवस्थामा निकालिएका उनलाई उपचारको लागी गण्डकी मेडिकल कलेज पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।