
खोटाङमा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ऐँसेलुखर्क गाउँपालिका- ४ जलेश्वरीका २२ वर्षीय आङनिमा शेर्पा छन् । उनलाई शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।