०७ असार २०८३, आइतबार

अनुशासित नागरिक उत्पादन गर्न राज्यले खेल क्षेत्रमा जोड दिनुपर्छः वर्षमान

जेठ ४, २०८२
काठमाडौं
अनुशासित नागरिक उत्पादन गर्न राज्यले खेल क्षेत्रमा जोड दिनुपर्छः वर्षमान

पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले खेलाडीहरु अनुशासित र मर्यादित नागरिक भएको बताएका छन् । 

११औं शंस्करणको सगरमाथा अन्तर्रारिष्ट्य कराते प्रतियोगिताको उदघाटन गर्दै पुनले अनुशासित नागरिक उत्पादनका लागि राज्यले खेल क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताए । 

स्वच्छ नागरिक उत्पादनका लागि खेलकुद महत्वपूर्ण, अनिवार्य र जरुरी रहेको उनको भनाइ थियो । खेलाडी भविष्यका राष्ट्र निर्माता र अनुशासित नागरिक भएको पुनले बताए । 

पुनले नेपाल, भारत, बंगलादेश र कतारका खेलाडी सहभागी प्रतियोगिता मित्र राष्ट्रहरुबीच भाइचारा सम्बन्ध थप विस्तार गर्न फलदायी योगदान पुग्ने बताए । मित्र राष्ट्रहरुबीच हुने खेलले सदभावना अभिवृद्धिका लागि ती देशका नागरिकहरुको बीचमा पुलको काम गर्ने उल्लेख गरे । 

नेपाल सितोरियो कराते शाखा डोजो नक्सालको आयोजनामा ललितपुरको सातबोबाटो कराते एकेडेमीमा सुरु प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र कतारका गरी ५ सय ५५ खेलाडी सहभागी रहेको आयोजकले जनाएको छ ।

चिल्ड्रेन, क्याडेट, जुनियर र सिनियर समूहमा कूल ५८ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष गजेन्द्रबहादुर खपांगीले जानकारी दिए । शनिबार १५ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा 
नेपालले ८, भारतले ६ र १ बंगलादेशले एक स्वर्ण जितेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्