०२ साउन २०८३, शनिबार

माओवादीको मध्यपहाडी अभियान कर्णाली प्रदेश पुग्यो

जेठ ४, २०८२
काठमाडौं
माओवादीको मध्यपहाडी अभियान कर्णाली प्रदेश पुग्यो

नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुदूरपश्चिम सकिएपछि कर्णाली प्रदेशमा प्रवेश गरेको छ।

बैतडीको पाटनमा उद्घाटन  कार्यक्रममा कम्युनिस्ट पार्टीको झण्डा र नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो। उक्त झण्डा सुदूरपश्चिम इञ्चार्ज गिरिराजमणि पोखरेल नेतृत्वको टिमले कर्णाली प्रदेशका इञ्चार्ज कालीबहादुर मल्ल नेतृत्वमा रहेको टिमलाई हस्तान्तरण गरेको छ।

कर्णाली प्रदेशका माओवादी नेताहरूले अध्यक्ष प्रचण्डसहितको टोलीलाई भव्य स्वागत गरेका छन्। 

प्रचण्डले सुदूरपश्चिम प्रदेशप्रति धन्यवाद व्यक्त गर्दै राकम पुल हुँदै कर्णाली प्रदेशमा प्रवेश गरेका हुन्।

salt training

कमेन्ट गर्नुहोस्