२२ जेठ २०८३, शुक्रबार

सशस्त्रका असई छत्यालले गरे सगरमाथाको आरोहण

जेठ ४, २०८२
काठमाडौं
सशस्त्रका असई छत्यालले गरे सगरमाथाको आरोहण

सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । 

आइतबार बिहान ९:२० बजे उनले सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सगरमाथा बेसक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी दिएका छन् । 

सहायक निरीक्षक छत्यालले वैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए । तराई, पहाड, हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देशसहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहण लागि वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए । 

उनलाई वैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित बिदाई गरेका थिए । 

सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल नं. १९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत रहेका सहायक प्रवक्ता, डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्