१७ असार २०८३, बुधबार

टेलिकमको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो

जेठ ५, २०८२
काठमाडौं
टेलिकमको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो

नेपाल टेलिकमको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म टेलिकमको खुद नाफा ४८.६७ प्रतिशतले घटेर २ अर्ब ८४ करोड २२ लाख ८९ हजार रुपैयाँमा सीमित भएको हो । 

अघिल्लो वर्षको यसैअवधिमा टेलिकमले ५ अर्ब ५३ करोड ७५ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष ४१ रुपैयाँ ०२ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले घटेर २१.०५ रुपैयाँ कायम भएको छ । 

तेस्रो त्रैमासिकसम्म टेलिकमको कूल सञ्चालन आय २५ अर्ब ३१ करोड ७६ लाख १३ हजार रहेको छ। उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको कुल सञ्चालन आय २५ अर्ब ४८ करोड १२ लाख ८९ हजारको तुलनामा १६ करोड ३६ लाख ७५ हजारको (अर्थात् ०.६४ प्रतिशत)ले कमी भएको हो।

तेस्रो त्रैमासिकसम्म कुल आय २८ अर्ब ४३ करोड १५ लाख ६६ हजार  रहेको टेलिकमले जनाएको छ । उक्त रकम गत वर्षको सोही अवधिको कुल आय ३१ अर्ब २० करोड ४८ लाख ५८ हजारको तुलनामा २ अर्ब ७७ करोड ३२ लाख ९१ हजार (अर्थात् ८.८९ प्रतिशत)ले कम हो ।

तेस्रो त्रैमासिकसम्म टेलिकमको मुनाफा १४ अर्ब १९ करोड २१ लाख ९२ हजार रहेको छ । उक्त रकम गत आवको  सोही अवधिको कर अघिको मुनाफा १३ अर्ब ४० करोड २९ लाख ४५ हजारको तुलनामा ७८ करोड ९२ लाख ४६ हजार (अर्थात् ५.८९  प्रतिशत)ले बढी भएको टेलिकमको वित्तीय विवरणमा उल्लेख छ ।  

तेस्रो त्रैमासिकसम्म कर अघिको मुनाफा ८ अर्ब ६२ करोड ५४ लाख ४ हजार रहेको छ। उक्त रकम गत आवको  सोही अवधिको कर अघिको मुनाफा ७ अर्ब ३८ करोड ३३ लाख ६३ हजारको तुलनामा १ अर्ब २४ करोड २० लाख ४० हजार (अर्थात् १६.८२  प्रतिशत)ले बढी हो ।

ओटीटी सेवाहरूको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा कमी आएको टेलिकमले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्