०९ असार २०८३, मंगलबार

गाजामा खाद्यान्न आपूर्ति गर्न नेतान्याहू सहमत

जेठ ५, २०८२
काठमाडौं
गाजामा खाद्यान्न आपूर्ति गर्न नेतान्याहू सहमत

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा सीमित मात्रामा खाद्यान्न पठाउन अनुमति दिएका छन् । इजरायलले मार्च २ देखि गाजामा खाद्य पदार्थ प्रवेशमा प्रतिबन्ध लगाएको थियो।

टाइम्स अफ इजरायलको रिपोर्टअनुसार इजरायलले आइतबार सैन्य अधिकारीहरूको सल्लाहमा यो निर्णय गरेको हो । तर, मन्त्रिपरिद्‌का धेरै मन्त्रीहरू यस निर्णयको विरुद्ध थिए । 

आन्तरिक सुरक्षा मन्त्री इटामार बेन ग्विर र अन्य दक्षिणपन्थी नेताहरूले निर्णयको आलोचना गर्दै यो हमासलाई अक्सिजन दिनुजस्तै भएको बताएका थिए । पहिले हमासलाई समाप्त पार्नुपर्ने उनको भनाइ थियो । 

इजरायलले मार्च २ मा गाजामा नाकाबन्दी लगाएको थियो । पछिल्लो साढे दुई महिनामा गाजामा संयुक्त राष्ट्र संघ र अन्य एजेन्सीहरूको खाद्यान्न भण्डार पूर्ण रूपमा समाप्त भएको छ । खाद्यान्नको अभावका कारण गाजामा भोकमरीको जोखिम बढेको छ ।

प्रतिवेदनअनुसार हाल गाजामा एक हप्ताको लागि सहायता प्रदान गरिनेछ । यस समयमा इजरायलले गाजामा खाद्यान्न वितरण गर्न नयाँ वितरण केन्द्रहरू निर्माण गर्नेछ । यी केन्द्रहरू इजरायली सेनाको निगरानीमा हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्