२१ जेठ २०८३, बिहीबार

जब माला लगाउने क्रममा बेहुलाले बेहुलीलाई थप्पड हाने...

जेठ ५, २०८२
काठमाडौं
जब माला लगाउने क्रममा बेहुलाले बेहुलीलाई थप्पड हाने...

भारत उत्तर प्रदेशको हरदोई जिल्लास्थित अतरौली थाना क्षेत्रको मोहन खेडा मजरा पहाडपुर गाउँमा एक विवाह समारोहमा अनपेक्षित घटना घटेको छ । 

माला लगाउने क्रममा बेहुलाले बेहुलीलाई थप्पड हानेपछि माहोल बिथोलिएको हो । यस अपमानजनक घटनापछि रिसाएकी बेहुलीले विवाह तोड्ने निर्णय लिइन् र बेहुलासँग जान अस्वीकार गरिन् ।

जानकारी अनुसार, गंज भरावनबाट आएको जन्ती १४ डिसेम्बरमा ‘मुख्यमन्त्री सामूहिक विवाह योजना’अन्तर्गत पहिल्यै विवाह गरिसकेको थियो, तर त्यसबेला बिदाइ भएको थिएन । बिदाइ समारोह औपचारिक रूपमा सम्पन्न गर्न जन्ती फेरि बोलाइएको थियो ।

शुरूआतमै बेहुलाको कान्छा भाइ सतीशले बाजागाजालाई लिएर विवाद गर्न थालेपछि स्थिति तनावग्रस्त हुन पुग्यो । त्यो बेलामा कुरा मिलाउने प्रयास गरियो तर, माला साटासाट गर्ने बेला फेरि जन्तीहरूबीच झगडा शुरू भयो।

यहीबीच, रिसाएका बेहुलाले बेहुलीलाई थप्पड हाने जसले गर्दा सम्पूर्ण माहोल झनै बिग्रियो । घटनापछि बेहुलीका आफन्त र जन्तीहरूबीच कुटाकुट भयो जसमा सुरज, मुकेश, अशोक, सतीश र नैन्सीसहित करिब आधा दर्जन मानिस घाइते भए । 

सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्