![झापादेखि सगरमाथासम्म द्रूत मार्ग निर्माण गरिने [कोशीको नीति तथा कार्यक्रम पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/Parshuram_Khapung_vV22KKDg3c.jpg)
कोशी प्रदेश सरकारले झापाको केचनादेखि सगरमाथासम्म द्रूत मार्ग निर्माण गर्ने, रेल मार्गको सम्भाव्यता अध्ययन गर्ने लगायतका विषय समेटेर नीति तथा कार्यक्रम ल्याएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम सोमबार कोशी प्रदेशसभामा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गरे ।
प्रदेश सरकारले यस पटक छोटो र गर्न सकिने कामलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको दाबी गरेको छ ।
नीति तथा कार्यक्रममा पर्यटन वर्ष २०८२ मनाउने, एक घर एक धारा लागू गर्ने, कृषिमा यान्त्रिकरण गर्ने लगायतका विषय समेटिएका छन् ।
नीति तथा कार्यक्रमको पूर्णपाठ :