
तेह्रथुममा ५९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा छथर गाउँपालिका-५ भोर्ले बस्ने ४५ वर्षीय योगेन्द्र भन्ने सार्के लिम्बु रहेका छन् । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
लिम्बुले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।