२५ असार २०८३, बिहीबार

चेक अनादर मुद्दामा खुश्बु ओलीले पाइन् सर्वोच्चबाट सफाइ

जेठ ५, २०८२
काठमाडौं
चेक अनादर मुद्दामा खुश्बु ओलीले पाइन् सर्वोच्चबाट सफाइ

सर्वोच्च अदालतले राप्रपा नेतृ खुश्बु ओलीलाई चेक अनादरको मुद्दामा सफाइ दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय डा. कुमार चुँडाल र अब्दुल अजीज मुसलमानको इजलासले उच्च अदालत पाटनको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिएको हो ।

उच्च अदालत पाटनले उनलाई चेक अनादर मुद्दामा ३ महिना कैद र ३ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

सर्वोच्चको फैसलापछि उनले ऐतिहासिक निर्णयका लागि अदालतलाई धन्यवाद दिएकी छिन् ।

'छ वर्ष लामो संघर्षपछि अन्ततः सर्वोच्च अदालतबाट न्याय प्राप्त गर्न सकेकोमा अत्यन्त हर्षित छु। यस ऐतिहासिक निर्णयका लागि अदालतप्रति समेत हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। मलाई कानूनीरूपमा मात्र नभएर छोरी सम्झेर साथ र मार्गदर्शन प्रदान गर्नुहुने वरिष्ठ अधिवक्ता शम्भु थापाज्यू तथा उहाँको टिमप्रति गहिरो कृतज्ञता प्रकट गर्दछु। साथै, मेरो यात्रामा विश्वास र साथ दिनुहुने मेरो परिवार, राष्ट्रिय प्रजातन्त्र पार्टी परिवार सम्पूर्णप्रति पनि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु,' उनले सामाजिक सञ्जालमा लेखेकी छिन् । 

salt training

कमेन्ट गर्नुहोस्