असार १३, २०७९
नेकपा (एस)का अध्यक्ष माधव नेपालले मंसिरमा संसदीय चुनाव हुने बताएका छन् । सोमवारबाट काठमाडौंमा शुरू भएको केन्द्रीय परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश र प्रतिनिधि सभाको चुनाव मंसिरमा हुन...
काठमाडाैं | मंसिर १८, २०७४
धनगढी १८ मंसिर– शुक्रवार बिहान सवा ८ बजे कैलालीको धनगढीस्थित देउवा निवासमा कांग्रेस कार्यकर्ताको भीड लागिसकेको थियो । विहान साढे ७ बजेको समयमा बैतडीका वीरसिंह भण्डारी लौरो टेक्दै देउवा निवासमा आइपुगे ।
भण्डारी आएको एकै छिनमा कांगेस कार्यकर्ताको भीड लाग्यो, प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा आरजु राणा देउवालाई भेट्न । सहयोगीहरुले घरमा आएका कार्यकर्ता र सुभेक्षुकहरुलाई ‘कालो चिया’ले स्वागत गरे ।
प्रतिनिधिसभाका लागि कैलाली ५ बाट चुनावी मैदानमा रहेकी प्रधामनन्त्री पत्नीको चुनावी भीडन्त रोचक बन्दैजाँदा देउवा निवासमा सञ्चारकर्मीको पनि बाक्लो उपस्थिती थियो ।
बिहान ८ : २० को समयमा आरजु हातमा अगरबत्ति लिएर घरको बरण्डामा आइन् । हातमा अगरबत्ति लिएर सूर्यको आरधना गरिन् । दुई पटक घुमेर सूर्यको पूजा गरिन् । सूर्यको आरधनासंगै उनी चुनाव प्रचारका लागि हिडन तयार भइन् ।
बैना मात्र भएको भनिएको घरको पछाडि पट्टिको बगैचामा केही मिडियाका लागि प्रतिक्रिया दिन तयार भइन् । पहिला पश्चिमतिर रहेको कुर्सीमा बसेकी आरजु ‘मलाई उता बस्नु भनेको छ’ भन्दै पूर्वपट्टीको कुर्सीमा बसिन् । देउवा परिवार ज्यातिष र वास्तुमा विश्वास राख्छ ।
घर पास भइनसकेपनि बैनास्वरुप ५० लाख तिरेको आरजुले लोकान्तरलाई बताइन् । कांग्रेसका केही कार्यकर्ता आरजुको घर हेर्नमात्र आएको देखियो ।
विहान ५ बजेदेखि राती ११ बजेसम्म पनि चुनावमा खटिएको देउवाले बताइन् । ‘सामान्यतया विहान ६ ः ३० बजे उठ्ने बानी थियो, अहिले ५ बजे नै उठछु’ आरजुले लोकान्तरसंग भनिन, ‘धेरै धपेडीका कारण मुटुमा हानेको छ ।’
१० हजार होइन ३ हजार भोट अन्तरले चुनाव जित्छु
यसअघि पति शेरबहादुरले चुनाव जितेको क्षेत्रमा यसपटक चुनाव जित्नेमा आरजु ढुक्क जस्तै देखिएकी छिन् । देशभर वामपन्थी गठबन्धनको पक्षमा लहर देखिएको भएपनि आरजु चुनाव जित्नेमा ज्यादा ढुक्क देखिन्छिन् । ‘मेरा प्रतिष्पर्धीलाई १० हजार मतअन्तरले पराजित गर्छु’ आफ्नै बोली सच्चाउदै आरजुले भनिन्, ‘दश हजार त गफ हो, ३ हजार मतअन्त्रले चुनाव जित्छु ।’
उता वामपन्थी गठबन्धनको समर्थन रहेका नेकपा एमालेका उम्मेदवार नारदमुनि राना थारु पनिदेउवालाई चुनावमा पराजित गर्नेमा उत्तिकै ढुक्कछन् । ‘उमेरले उहाँ ह्येवी वेट होला, यहाँको हावापानीसंग उहाँ घुलमेल हुनहुन्न’ नारदमुनीले लोकान्तरसंग भने, ‘यहाँको माटोले मलाई चिन्छ, घर किनेको नाटक गर्नु पर्दैछ ।’
चुनाव प्रचारमा ८२ वर्षीया वृद्ध
आरजुले उनलाई नजिकबाट चिन्दिनन्, तर बैतडिका ८२ वर्षीया वीरसिंह भण्डारी देउवाको चुनाव प्रचार प्रसारमा हिड्का छन् । ‘संकटकालको समयमा देउवाले काठमाडौंमा डेढबर्ष पालेका थिए, त्यसैको गुन तिर्न चुनाव प्रचारका लागि आएको हु’ देउवा निवास परिसरमा भेटिएका भण्डारीले लोकान्तरसंग भने, ‘यहाँ आफन्त र चिनेजानेकासंग आरजुको लागि भोट मागे, अब देउवालाई भोट माग्न जोगबुढाँ जान लागेको ।’ डडेल्धुराको जोडबुढा क्षेत्रमा चिनेजानेकासंग भोटमाग्न आफू त्यता जान लागेको उनले बताए ।
भगनावको कृपा र जनताको समर्थनले छोराले चुनाव जित्छः
एमाले उम्मेदवार नारदमुनी राना थारुकी आमा सुधामा राना प्यारालाइसिसका कारण डिहडुल गर्न सक्दिनन् । घरको आगनसम्म आउन पनि उनलाई सहारा चाहिन्छ । तर घरमा आउनेहरुसंग भने उनले छोराको पक्षमा भोट माग्छिन् ।
‘मन्त्रीनी आएपछि मेरो छोराले चुनाव जित्छ, भगवानको आर्शिवाद र जनताको समर्थनका कारण छोराले चुनाव जित्छ’ सुधामाले लोकान्तरसंग भनिन् । विगतमा गाबिस अध्यक्ष हुँदा आफ्नो छोराले गाउँको विकास गरेकोले उसलाई नै जनताले भोट दिने आमाको विश्वास छ ।
हेर्नुहोस, यो पनि, देउवाको अन्तवार्ता
नेकपा (एस)का अध्यक्ष माधव नेपालले मंसिरमा संसदीय चुनाव हुने बताएका छन् । सोमवारबाट काठमाडौंमा शुरू भएको केन्द्रीय परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश र प्रतिनिधि सभाको चुनाव मंसिरमा हुन...
नेकपा (एस)को केन्द्रीय परिषद्को पहिलो बैठक काठमाडौंमा सोमवारबाट शुरू भएको छ । मंगलवारसम्म चल्ने बैठकमा अध्यक्ष माधव नेपालले राजनीति तथा सांगठनिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा उनले वर्तमान ...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गा धितो राख्न रोक नलगाएको बताएकी छन् । सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक– २०७९ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण ...
शहरी विकास मन्त्री मेटमणि चौधरीले सोमवार पदस्थापन गरेका छन् । त्यसअघि मन्त्रालयका कर्मचारीले उनलाई फूलमाला र खादाले स्वागत गरेका थिए । नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्...
शहरी विकास मन्त्री मेटमणि चौधरीलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका छन् । पदस्थापन अघि मन्त्री चौधरीलाई कर्मचारीले फूलमालाले स्वागत गरेका थिए । अहिले केहीबेरमा मन्त्री चौधरीले पदस्थापन गर्दैछन् । नेकपा ...
शहरी विकास मन्त्री मेटमणि चौधरीले पदको दुरुपयोग नगर्ने बताएका छन् । सोमवार पदस्थापनपछि प्रतिक्रिया दिँदै उनले आफ्नो क्षमताअनुसार इमान्दार भएर काम गर्ने बताएका हुन् । यस्तै उनले पहिलो निर्णयका र...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...
बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्यो भने त्यो क्षम्य हुँदैन । बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...