
बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका- ४ बस्ने ४४ वर्षीय महेश्वर खत्री छन् । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भक्तपुर जिल्ला अदालतको २०८१ मंसिर २६ गतेको फैसलाले ५ दिन कैद, ६ लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा क्षतिपूर्ति बापत २४ हजार रुपैयाँ जम्मा गर्न भनेको थियो ।
फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका- ३ भेलुखेलबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएको छ ।