लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।
संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यको लागि लिबियामा तैनाथ स्पेसल गार्ड युनिट अन्तर्गत भगवतीप्रसाद गुल्म (शान्ति सेना) छैटौं डफ्फालाई बदली गर्नको लागि नयाँ भैरवीदल गुल्म (शान्ति सेना) सातौं डफ्फाका ११६ जना शान्ति सैनिकहरूको पहिलो टोली प्रमुख सेनानी प्रकाशबहादुर सिंहको नेतृत्वमा मंगलबार मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।
यस्तै, सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी ११४ जना नेपाली शान्ति सैनिकहरू सेनानी सञ्जीवराज नेपालको नेतृत्वमा बुधबार स्वदेश फिर्ता भएका छन् ।
हाल उक्त मिसनमा नेपाली सेनाका २३२ जना शान्ति सैनिक कार्यरत रहेका नेपाली सेनाले जनाएको छ ।