
युवा स्टार लामिन यमलले बार्सिलोनासँग आउँदो ६ वर्षका लागि नयाँ सम्झौता गरेका छन् ।
नयाँ सम्झौतासँगै उनी अब सन् २०३१ सम्म बार्सिलोनामा रहनेछन् ।
१७ वर्षीय स्पेनिस विङ्गर यमलको अघिल्लो सम्झौता सन् २०२५–०२६ सिजनको अन्त्यसम्म थियो ।
बार्सिलोनाले ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप जित्दा यमलले ५५ खेलमा १८ गोल र २५ एसिस्ट गरिसकेका छन् ।
यमलले सन् २०२३ मा १५ वर्षको उमेरमा बार्सिलोनाबाट डेब्यू गरेका थिए ।