
झापाको दमकमा सरकारले आधुनिक रंगशाला निर्माण गर्ने भएको छ ।
बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले दमकमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने घोषणा गरेका हुन् ।
काठमाडौंको मूलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद कोइराला रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला निर्माण गर्न ४२ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए ।