०२ साउन २०८३, शनिबार

काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

जेठ १६, २०८२
काठमाडौं
काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

सरकारले आइतबार काठमाडौंमा सार्वजनिक बिदा दिएको छ । 

गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)मा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । 

'...राजपत्रमा प्रकाशित सूचनाअनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा उक्त जात्राको अवसरमा मिति २०८२ साल जेठ १८ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,' जारी विज्ञप्तिमा भनिएको छ ।

 

null

salt training

कमेन्ट गर्नुहोस्