
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाले असार १० गतेसम्म बजेटसँग सम्बन्धित विधेयकहरू पारित गर्नेगरी एक महिनाको कार्यतालिका तयार गरेको छ । प्रमुख दलका सचेतकहरूसहितको बैठकले असार ५ गते बजेटको मूल विधेयक विनियोजन विधेयक पारित गर्नेगरी तालिका बनाएको हो ।
जेठ २० गतेदेखि बजेट माथिको छलफल प्रारम्भ गर्ने, मन्त्रीहरूले जवाफ दिएपछि जेठ ५ गते विनियोजन विधेयक विधेयक पारित गर्ने तालिका बनाएको हो ।
असार १० गते आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक तथा ऋण तथा जमानत विधेयक पारित गर्ने संसदको क्यालेन्डरमा उल्लेख छ ।
विनियोजन विधेयकका अलावा अरु पूरक विधेयक पारित भएपछि मात्र बजेट पारित भएको मानिन्छ ।
बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट पेश गरेका थिए ।
बजेट पेश गर्नका लागि लचिलो भएमा विपक्षी दलले भिजिट भिसा प्रकरणलाई लिएर सदनमा विरोध चर्काउने बताएका छन् ।
एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले बजेट पारित गर्नेगरी संसद्को कार्यतालिका बनेको जानकारी दिए ।
प्रतिनिधिसभाको बैठक जेठ २० गते मंगलबारका लागि बोलाइएको छ ।