
गृह मन्त्रालयले बढुवा भएका ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को पदस्थापन गरेको छ ।
सूचीअनुसार डीआईजी सुदर्शन कोइरालालाई प्रहरीको विशेष ब्यूरो, विनोद घिमिरेलाई प्रहरी महानिरीक्षकको सचिवालय, दीपेन्द्र घर्ती क्षेत्री (जिसी)लाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, दीपक रेग्मीलाई अन्वेषण योजना निर्देशनालयमा पदस्थापन गरिएको छ ।
झण्डै तीन महिनादेखि खाली रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयमा माधवप्रसाद श्रेष्ठलाई पदस्थापन गरिएको छ ।
कर्णाली प्रदेश जान नमानेका डीआईजी हिमालय श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।
यस्तै, डीआईजी दिलीपसिंह देउवालाई महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय, दीपककुमार बस्नेतलाई प्रदेश प्रहरी समन्वय विभाग, ओमबहादुर रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ ।
राना यसअघि एसएसपी हुँदा आयोगमै कार्यरत थिए ।
डीआईजी जयराज सापकोटालाई कार्य विभागको कार्य निर्देशनालय र सञ्जीव दास शर्मालाई अपराध अनुसन्धान विभाग निर्देशनालयमा पदस्थापन गरिएको छ ।
डीआईजी सुरेन्द्रबहादुर गुरुङलाई साइबर ब्यूरोमा सरुवा गरिए पनि त्यहाँ अर्का डीआईजी रहेकाले उनलाई कार्य विभागमा काज सरुवा गरिएको छ ।
यस्तो छ सूची